Hamro Patra
राप्रविसं र अनेरास्ववियुका उम्मेदवार नै नेविसंघमा प्रबेश

टीकापुर, चैत्र २ 
कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरु नै नेपाल विद्यार्थी संघमा प्रवेश गरेका छन् । 

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रबिसं) बाट कोषाध्यक्षका उम्मेदवार कविता पाण्डे र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट समानुपातिक उम्मेदवार रहेका लक्ष्मी देवकोटा नेपाल विद्यार्थी संघमा प्रवेश गरेका हुन् । 

राप्रवि संघ राष्ट्रिय प्रजातन्त्र पार्टी र अनेरास्ववियु नेकपा एमाले समर्थित विद्यार्थी संगठन हुन् । पाण्डे र देवकोटा लम्कीमा आयोजना गरिएको विद्यार्थीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा नेविसंघमा प्रवेश गरेका हुन् । 

देवकोटालाई काँग्रेस युवा नेता एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवाले सदस्यता प्रदान गर्दै स्वागत गरेको नेविसंघका केन्द्रिय सदस्य टेकराज अवस्थीले जानकारी दिए । 

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका देउवाले क्याम्पसमा छात्राहरुको संख्यामा वृद्धि भइरहेको देख्दा आफूलाई खुशी लागेको बताए । विद्यार्थी हकहितका लागि काँगे्रस सदैव विद्यार्थीहरुसँगै रहेको बताउँदै देउवाले निर्वाचनमा होमिन विद्यार्थीलाई आग्रह गरे ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका क्याम्पसहरुमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update