लागुऔषधसहित दुई जना पक्राउ

टीकापुर, चैत्र १
कैलालीको टीकापुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका वडा नं. ९ खक्रौलास्थित सडकखण्डमा भे.८ प. २५०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको सिट मुनि लुकाई छिपाई राखेको अवस्थामा लागुऔषधसहित चालक टीकापुर नगरपालिका वडा नं. १ नयाँ टीकापुरका १९ वर्षीय पवन नेपालीसहित दुई जना पक्राउ परेका हुन् ।
दुबै जनाबाट स्पासनेस लेखेको दुई शय चालिस वटा लागूऔषध क्याप्सुल फेला परेको थियो । उक्त क्याप्सुल, मोटरसाइकल र दुबै जनालाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१ ११:५९
प्रतिक्रिया दिनुहोस्