Hamro Patra
भीरबाट लडेर महिलाको मृत्यु

अछाम, चैत्र १ 
सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानका ६८ वर्षीया बासु शाहीको भिरबाट लडेर मृत्यु भएको हो ।

मंगलबार दिउँसो घर नजिकको भिरमा बाख्रा चराउने क्रममा करिब ५०० मिटर तल खसेर गम्भीर घाइते भएकी शाहीलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसैन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update