Hamro Patra
हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

बर्दिया, फागुन २९
बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नं. २ बलातीका ६० वर्षीय बलिराम थारुको हात्तीको आक्रमणबाट गएराति घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी ऋषिराम घर्तीमगरले बताए ।

बुधबार राति करिब पौने १२ बजेतिर जंगलबाट आएको हात्ती घर नजिकको बारीमा पसेपछि धपाउन भनेर थारु एक्लै गएका थिए । धपाउन गएका थारुमाथि हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको डिएसपी मगरले बताए । मृतकको शव अहिले पनि घटनास्थलमै रहेको उनले बताए । 

बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हात्तीमध्ये राति थारुको घर नजिकै बारीमा प्रवेश गरेको देखेपछि धपाउनका लागि थारु एक्लै गएका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update