लागुऔषधसहित दुई किशोर पक्राउ

टीकापुर, फागुन २९
कैलालीको सदरमुकाम धनगढीबाट लागूऔषधसहित दुई जना किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिका वडा नं. ३ त्रिनगर ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका वडा नं. १३ कैलालीगाउँ र कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ९ का १७ वर्षीय दुई जना किशोर २ ग्राम ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।
दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१ ०९:२३
प्रतिक्रिया दिनुहोस्