Hamro Patra
पूर्व विद्यार्थी समाजको रक्तदान कार्यक्रम

टीकापुर, फागुन २८
टीकापुर बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा १७ जनाले रगत दान गरेका छन । 

पूर्व विद्यार्थी समाजका अध्यक्ष ज्योति विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख ढविन्द्र रावल र विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी टीकापुरका सभापति दत्तबहादुर बिष्ट रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिले शुभकामना मन्तव्य राखेका थिए । 

समाजका उपाध्यक्ष ईश्वर साउँदले स्वागत गरेको कार्यक्रमको सञ्चालन धु्रव रावलले गरेका थिए । 

कार्यक्रममा समाजका पदाधिकारी, प्राध्यायक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । 

टीकापुरमा विगत केही दिन यता बिरामीका लागि रगत अभाव भैरहेको बेला समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यसले बिरामीहरुका लागि सहजै रगत उपलब्ध हुने र उपचारमा सघाउ पुग्ने आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update