Hamro Patra
डेढ वर्षलाई पुग्ने नुन छः साल्ट ट्रेडिङ
Khadga Memorial And Janajagriti

टीकापुर, चैत्र ९
विश्वभर कोभिड–१९ (कोरोना) को महामारी फैलिएसँगै दैनिक उपभोग्य नूनको अभाव हुने आंकलन गरिएका बेला साल्ट टे«डिङ कर्पोरेशन प्रदेश कार्यालय धनगढीले नुनको अभाव नहुने बताएको छ ।
साल्ट ट्रेडिङसँग पर्याप्त मात्रामा नुनको मौज्दात रहेकाले नुनको अभाव नहुने भएको हो । ट्रेडिङका प्रदेश प्रमुख तेजबहादुर कुँवरले कार्यालयमा पर्याप्त मात्रामा नुनको मौज्दात रहेकाले अभाव नहुने बताए । कुँवरको अनुसार ट्रेडिङमा आइतवारसम्म १ लाख ४० हजार क्वीन्टल नुन मौज्दात रहेको छ । यसअघिका वर्षहरुको मागको आधारमा झण्डै डेढ वर्षलाई पुग्ने नुन मौज्दात रहेको कुँवरले बताए । ‘यसअघिका वर्षको तुलनामा हामीसँग सुदूरपश्चिमलाई डेढ वर्षलाई पुग्ने नुन मौज्दात छ’ कुँवरले भने ‘कोरोनाको त्रासले उपभोक्ताले अनावश्यक खरिद गरेका कारण कम भएको होला, नुनको अभाव छैन ।’

टीकापुरमा मात्रै शनिवार ३ शय ५० बोरा नुन पठाइएको कुँवरले बताए । आइतवार समेत ४ शय बोरा नुन पठाइनेछ । उपभोक्ताले अनावश्यक खरिद गर्दा टीकापुरमा दुई दिन यता नुनको अभाव भएको थियो । नुनको अभाव सिर्जना हुन नदिन ट्रेडिङले डिलरलाई १० बोरा र प्रतिव्यक्ति बढीमा एक बोरासम्म बिक्री गर्ने रणनीति बनाएको छ । कुँवरले अनावश्वक हल्लाका पछाडि नलागी आवश्यकता भन्दा बढी नुन नथुपार्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update