Hamro Patra
मेयरको कार्यकक्षमा तालाबन्दी

टीकापुर, फागुन २३
टीकापुर नगरपालिकाका केही वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले आज तालाबन्दी गरेका छन । उनीहरुले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र प्रशासन प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन ।

उनीहरुले मेयर रामलाल डगौरा थारुले मनपरी गरेको भन्दै तालाबन्दी गरेका हुन । उनीहरुले कार्यपालिका बैठकमा लिखित असहमति राख्ने अधिकार बञ्चित गरेको आरोप लगाएका छन ।

उनीहरुले २०८१ माघ २९ गते बसेको कार्यपालिका बैठकका केही कुरामा आफूहरुले लिखित असहमति राख्न खोज्दा निर्णय पुस्तिका गायब पारेको बताए । 

उनीहरुले मेयर थारुलाई मनपरी नगर्न आग्रह गर्दा समेत सुनुवाई नटेरेको गुनासो गरे । 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update