Hamro Patra
हाईस दुर्घटना चालक घाईते

टीकापुर, फागुन २१
लम्की–टीकापुर सडक खण्डको अमौरीमा आज विद्युतीय हाईस दुर्घटना भएको छ । प्रहरीका अनुसार बा. प्र. ०३१ च ३९८३ नम्बरको हाईस दुर्घटना भएको हो । 

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्रबहादुर सिँहले दुर्घटनामा परेको गाडीमा चालक बाहेक अन्य यात्रु नभएको जानकारी दिए । 

दुर्घटनामा चालक बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ का ४१ वर्षका भीम साउँद घाईते भएका छन । उनको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । चालकको कम्मर र टाउकोमा चोट लागेको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update