Hamro Patra
वित्तीय सुशासनमा जानकी गाउँपालिका कैलालीको सर्वोत्कृष्ठ 

टीकापुर, फागुन १८
कैलालीको जानकी गाउँपालिका जिल्लाका १३ वटै पालिकालाई पछार्दै स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याकंन (फ्रा) मा जिल्लाकै सर्वोत्कृष्ट स्थानीय तह बनेको छ । 

आर्थिक वर्ष २०८०८१ को लागि पालिका ८४.५ अंकसहित जिल्लामा सर्वोत्कृष्ट स्थानीय तह बन्न सफल भएको हो । वित्तीय सुशासनलाई केन्द्रबिन्दुमा राखेर कार्यक्रमहरु सञ्चालन गर्दै आएको पालिका जिल्लामै उत्कृष्ठ हुनु पालिकाबासीका लागि सुखद् खबर भएको अध्यक्ष गणेश चौधरीले बताए । 

‘तोकिएका मापदण्ड अनुसार वित्तीय अनुशासनमा रहेर कार्यक्रम सञ्चालन गर्दै आएका थियौं, त्यसैअनुसार नतिजा आएको छ’ पालिका अध्यक्ष चौधरीले भने ‘जनप्रतिनिधि र कर्मचारीको समन्वयमा यो नतिजा आएको हो, यसलाई आगामी दिनमा समेत निरन्तरता दिनेछौं ।’

जिल्लाका १३ वटा पालिकामध्ये ७८.५ अंकसहित गोदावरी नगरपालिका दोश्रो, ७८ अंकसहित धनगढी उपमहानगरपालिका तेश्रो, ७५.५ अंकसहित मोहन्याल गाउँपालिका चौथो र पाँचौंमा ७१.५ अंकसहित भजनी नगरपालिका रहेको छ । 

त्यस्तै चुरे गाउँपालिका ६२ अंकसहित छैठौं स्थानमा छ भने सातौंमा ५५ अंकसहित लम्कीचुहा नगरपालिका रहेको मन्त्रालयले सार्वजनिक गरेको सूचिमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update