Hamro Patra
माओवादी अध्यक्ष प्रचण्ड भोलि टीकापुर आउने

टीकापुर, फागुन १९
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि टीकापुर आउने भएका छन् । 

पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान अन्तर्गत मधेश प्रदेशमा रहेका प्रचण्ड थारु राष्टिय मुक्ति मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्न टीकापुर आउने भएका हुन् । 

माओवादी केन्द्र निकट थारू राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न भोलि मङ्गलवार प्रचण्डसहित माओवादी पदाधिकारी टीकापुर आउन लागेको हुन् । 

टीकापुरको भानुचोकमा भोलि मध्याह्न १२ बजे सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको थारू राष्ट्रिय मुक्ति मोर्चा कैलालीका अध्यक्ष तिलक चौधरीले जानकारी दिए । उनका अनुसार सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराईका २४ जिल्लाबाट करिब साढे सात शय जना प्रतिनिधि सहभागी हुनेछन् । 

उद्घाटन समारोहमा विभिन्न जिल्लाका थारू, राना थारू तथा कठरिया थारू समुदायको गीत, नृत्यलगायत कला, संस्कृति प्रस्तुत गरिने मोर्चाले जनाएको छ ।

सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देब प्रसाद गुरुङ्ग, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल लगायतका पार्टी पदाधिकारी तथा नेताहरू सहभागी हुने जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update