लागुऔषधसहित एक जना पक्राउ

टीकापुर, फागुन १८
कैलालीबाट लागुऔषधसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको मध्यवर्ती बदैगोरिया गाउँपालिका वडा नं. ६ विशालनगरबाट २० मिलिग्राम लागुऔषधसहित सोही ठाउँका २२ वर्षीय विशाल वि.क. पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय, सडकपुरको टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीले उक्त विषयमा अनुसन्धान जारी रहेको बताएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१ १९:३५
प्रतिक्रिया दिनुहोस्