
टीकापुर, फागुन १८
कैलालीमा सम्पन्न १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी घोडाघोडी नगरपालिकाको पोल्टामा परेका छ ।
कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालय पहलमानपुर र सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा घोडाघोडी नगरपालिकाले २५ स्वर्ण, १४ रजत र २० कास्य गरी जम्मा ५९ पदक प्राप्त गर्दै घोडाघोडीले प्रथम स्थान हाँसिल गरेको हो ।
प्रतियोगितामा २४ स्वर्ण, ९ रजत र ५ कास्य गरी ३८ पदकसहित धनगढी उपमहानगरपालिका दोस्रो र १२ स्वर्ण, १५ रजत र १२ कास्य गरी ३९ पदकसहित गोदावरी तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ बिहीबारदेखि १५औँ कैलाली जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको थियो ।
कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा घोडाघोडी नगरपालिकाको सहआयोजनामा प्रतियोगिता भएको थियो ।