१४ वर्षीया बालिकामाथि करणी, एक युवक पक्राउ

बझाङ, फागुन १७
सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन् ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मस्टा गाउँपालिका वडा नं. ४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीका अनुसार विवेक जयपृथ्वी नगरपालिका वडा नं. १० चैनपुर डेरा गरी बस्दै आएका थिए । उक्त बालिकाले जबरजस्ती करणीको घटना बारे दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विवेकलाई पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१ १३:४२
प्रतिक्रिया दिनुहोस्