Hamro Patra
Khadga Memorial And Janajagriti

लम्की, २५ चैत
पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा आज अपरान्ह एक जीपले ठक्कर दिँदा नाबालकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक सुरेन्द्र जैशीका अनुसार ज्यान जानेमा लम्कीका ५ वर्षका जन्नत बिष्ट रहेका छन ।
उनलाई लम्कीबाट चिसापानीतर्फ गैरहेको बा १९ च ४२८५ नम्बरको जीपले अपरान्ह ४ बजेतिर ठक्कर दिएको थियो । जीपको ठक्करबाट नाबालक बिष्टको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।
दुर्घटनामा ज्यान गएका नाबालक बिष्टको टीकापुर अस्पतालमा पोष्टमार्टम गरिएको बताईएको छ । प्रहरीले ठक्कर दिने जीप र चालक बाँकेको खजुराका ज्ञानबहादुर खत्रीलाई नियन्त्रणमा लिएको छ । चालकका अनुसार नाबालकले अचानक बाटो काट्दा दुर्घटना भएको हो ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०७५  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update