Hamro Patra
हिउँदेझरीसँगै कैलालीमा भिषण असिना 

टीकापुर, फागुन १७
कैलालीको दक्षिणी क्षेत्रमा भिषण असिना पानी परेको छ । आज विहानै दक्षिणी क्षेत्रका भजनी नगरपालिका, टीकापुर नगरपालिकाका विभिन्न स्थानहरुमा भिषण असिनासहित पानी परेको हो ।

हिउँदभरि वर्षा नहुँदा हिउँदेबाली उत्पादनमा कमी आउने आशंका बढिरहेका बेला भएको हिउँदे वर्षाले किसानहरुलाई राहत दिएको भए पनि वर्षासँगै परेको असिना पानीले भने बालीमा क्षति पुगाएको छ । 

भजनी नगरपालिकाका स्थानीय खेमराज पाण्डेले थोरै समयमा ठूलो मात्रामा असिना पानी पर्दा तोरी र गहुँबालीमा क्षति पुगेको बताए । ‘थोरै समयमा ठूलो संख्यामा असिना र पानी परेपछि तोरी र गहुँबालीमा क्षति पुगेको छ’ पाण्डेले भने ‘धेरै समय परेको भए थप क्षति हुने थियो तर गहुँबालीका लागि भने सिँचाइ समेत भएको छ ।’  

शुक्रवारदेखि मौसमयमा आएको परिवर्तनका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात र तराई जिल्लामा पानी तथा असिना परेको हो ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update