ट्रकको ठक्करबाट महिलाको मृत्यु

कञ्चनपुर, फागुन १५
पूर्वपश्चिम राजमार्गअर्न्तगतको शुक्लाफाँटा नगरपालिका नगरपालिका वडा नं. ५ वन समितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका वडा नं. १८ की २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको छ ।
मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट समान्य घाइते भएका छन् । घाइते विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१ १४:५८
प्रतिक्रिया दिनुहोस्