काठसहित ट्याक्टर प्रहरीको नियन्त्रणमा

टीकापुर, फागुन ३
कैलालीमा अवैध काठ बोकेको ट्र्याक्टरसहित चालक पक्राउ परेका छन् । शुक्रबार टीकापुर नगरपालिका वडा नम्बर १ शिवनगर बस्ने ४१ वर्षका शेरबहादुर थारु से १ त ३९२६ नम्बरको ट्याक्टरमा अवैध रुपमा सिसौ र कटहरको काठ ओसारपसार गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको गस्ती टोलीले उनलाई सिसौको काठ गोलिया १४ थान, कटहरको गोलिया १ थान गरी जम्मा १५ गोलिया (३२.२ क्युफिट) फेला पारी ट्याक्टरसहित आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय टीकापुर बुझाएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१ १३:५३
प्रतिक्रिया दिनुहोस्