Hamro Patra
टीकापुर खानेपानी नगर विकास कोषको उत्कृष्ट सेवाग्राहीमा छनोट

टीकापुर, फागुन १ 
कैलालीको टीकापुर नगरपालिकास्थित टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था नगर विकास कोषको उत्कृष्ट सेवाग्राहीमा छनोट भएको छ । 

नगर विकास कोषको ३७औं स्थापना दिवसका अवसरमा कोषले निर्धारण गरेका मूल्यांकनका आधारमा टीकापुर खानेपानी उत्कृष्ट सेवाग्राहीका रुपमा छनोट भएको हो । 

कोषले ललितपुरमा फागुन २ गते आयोजना गर्ने वार्षिकोत्सव कार्यक्रममा टीकापुर खानेपानीलाई उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मान गर्ने कार्यक्रम छ । 

साना शहरी खानेपानी आयोजना तेश्रो चरण, शहरी खानेपानी तथा सरसफाई आयोजना एवं सहलगानी खानेपानी तथा सरसफाई आयोजना मध्ये टीकापुर खानेपानी उत्कृष्ट सेवाग्राहीका रुपमा छनोट भएको हो ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update