Hamro Patra
कार्यसम्पादन मूल्यांकनमा धनगढी पहिलोः चुरे अन्तिम, टीकापुरमा कति स्थानमा ?

टीकापुर, फागुन १ 
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा कैलालीको धनगढी नगरपालिका प्रथम हुन सफल भएको छ भने चुरे गाउँपालिका जिल्लामा १३औं स्थानमा परेको छ । 

आर्थिक वर्ष २०८०/८१ को मुल्याकंनमा आयोगले माघ ३० गते प्रकाशित गरेको विवरण अनुसार ६३.३ अंकसहित धनगढी उपमहानगरपालिका प्रथम हुन सफल भएको छ । प्रकाशित विवरण अनुसार चुरे गाउँपालिकाले ३९.२ अंक प्राप्त गर्दै जिल्लाका अन्य स्थानीय तह भन्दा कमजोर प्रदर्शन गरेको  हो ।

जिल्लामै जानकी गाउँपालिका ६३.१ अंकसहित दोस्रो, बर्दगोरिया गाउँपालिका ६२.७ अंकसहित तेस्रो र घोडाघोडी नगरपालिका ६१.७ अंकसहित चौथो स्थानमा रहेका छन् ।

पाँचौं स्थानमा ५८.७ अंकसहित गोदावरी नगरपालिका छ भने कैलारी गाउँपालिका ५४.६ अंकसहित छैटौँ स्थानमा छ । ५२.७ अंकसहित टीकापुर नगरपालिका सातौं, ५०.४ अंकसहित जोशीपुर गाउँपालिका आठौं स्थानमा छन् । त्यस्तै गौरीगंगा नगरपालिका ४७.१ र भजनी नगरपालिका ४७.१ अंक प्राप्त गरेका छन् ।

मूल्यांकनमा लम्कीचुहा नगरपालिका ४४.४ अंकसहित ११औं स्थानमा छ भने मोहन्याल गाउँपालिका ४०.५ अंकसहित १२औं स्थानमा रहँदा र चुरे गाउँपालिका ३९.२ अंकसहित पुछारमा परेको हो ।

आयोगले माघ ३० गते सार्वजनिक गरेको मूल्यांकनमा प्रदेश सरकार तथा स्थानीय तहहरूले प्राप्त गरेको अंक समावेश गरिएको थियो ।

MM-1739456608.jpg
 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update