Hamro Patra
मन्त्री चौधरी अस्पताल भर्ना 

धनगढी, माघ २६
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी अचानक बिरामी हुँदा अस्पताल भर्ना भएका  छन् । 

मृगौला पीडित मन्त्री चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि उनी राति पौने २ बजे धनगढीस्थित नवजीवन अस्पतालमा भर्ना भएका हुन् ।

चौधरीलाई पछिल्लो समय मृगौलाको समस्याले सताएको थियो, र नियमित उपचार गराइरहे पनि स्वास्थ्यमा सुधार नदेखिएपछि चिकित्सकको सल्लाह अनुसार अस्पतालमा भर्ना गरिएको बताइएको छ । अस्पतालमा भर्ना गरिएको समयमा उनको स्वास्थ्य अवस्था गम्भीर नरहेको जनाइएको छ भने थप उपचारका लागि चिकित्सकहरूको निगरानीमा राखिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update