आमा छोरी मृत फेला

टीकापुर, माघ २५
कैलालीको गोदावरी नगरपालिकामा एक आमा छोरी मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका वडा नं. ११ मा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीय छोरी प्रिन्सी मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहराका अनुसार मिरा र प्रिन्सी साँझ ७ बजे घरमै मृत अवस्थामा फेला परेका हुन् ।
मृतकका श्रीमान भारतमा छन् भने पोष्टमार्टमका लागि दुबैको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१ १०:१७
प्रतिक्रिया दिनुहोस्