Hamro Patra
सुदूरपश्चिममा डेढ लाख बढीलाई एचपिभी खोप दिन शुरु

धनगढी, माघ २३
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान हिजोदेखि नेपालभर सुरु भएको छ । स्थानीय तहले आआफ्नो पालिकामा एचपिभी खोप अभियानको सुरुवात गरेका हुन्‌ ।

प्रदेश खोप समन्वय समिति सचिवालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशभरि एक लाख ५१ हजार २९१ जना किशोरीलाई यो खोप लगाइने छ ।

कैलालीमा कक्षा ६ देखि १० सम्मका ४७ हजार ३२६ जना छात्र र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका तीन हजार २८७ गरी कुल ५० हजार ६१३ किशोरीलाई एचपिभी खोप लगाइने जनाइएको छ ।

कञ्चनपुरमा २७ हजार पाँच सय, डोटीमा ११ हजार ४८७, अछाममा १३ हजार ९२१, डडेलधुरामा छ हजार ९८६, बैतडीमा १३ हजार ५६४ जना किशोरीलाई एचपिभी खोप लगाइने छ । 

यसैगरी दार्चुलामा सात हजार २९१, बझाङमा १२ हजार ३५ र बाजुरामा सात हजार ८९४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने प्रदेश खोप समन्वय समिति सचिवालयका निर्देशक मीनबहादुर जोशीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update