सिद्धार्थ होटलले गर्यो २० पिन्ट रक्तदान
टीकापुर, माघ २२
कैलालीको टीकापुरबाट होटल व्यवसाय शुरु गरेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको २७ औं वार्षिकोत्सवको अवसरमा आज रक्तदान गरिएको छ ।
साप्ताहिक रुपमा वार्षिकोत्सव मनाई रहेको होटल र सिद्धार्थ रिसोर्ट चिसापानीले २० पिन्ट रक्तदान गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्धारा सञ्चालित रक्त सञ्चार केन्द्रसँगको सहकार्यमा रक्तदान गरिएको होटलका शाखा प्रबन्धक छत्र बोगटीले जानकारी दिए ।
होटलले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रहरु सञ्चालन गर्दै आइरहेको छ । टीकापुरलाई गुलाबको सिटी अभियानमा समेत होटलले श्रमदान गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१ २१:०८
प्रतिक्रिया दिनुहोस्