टीकापुर, माघ २२
कैलालीको सदरमुकाम धनगढीबाट दुई थान भरुवा बन्दुकसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १८ एफ गाउँबाट दुई थान भरुवा बन्दुक र चक्कुसहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले मङ्गलवार धनगढी उपमहानगरपालिका वडा नं. १८ एफगाउँ आर्यघाटबाट भारतको लखिमपुर गुलरियाका ३२ वर्षीय रियासत अली, सोही ठाउँको ४० वर्षीय देशराज राना र वडा नं. १९ को ३९ वर्षीय गुरुप्रसाद चौधरी दुई थान भरुवा बन्दुक र चक्कुसहित पक्राउ गरेको हो ।
उनीहरूलाई भारतबाट नेपाल आउँदै गरेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय, कैलालीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कबिन्द्र बोहराले बताए ।