Hamro Patra
गोराङ्गेमा बस दुर्घटनाः चार घाइते

टीकापुर, माघ २२ 
काठमाडौँबाट कैलालीको धनगढी जाँदै गरेको एक यात्रुबाहक बस दुर्घटनामा परेको छ । सुपप्र ०४००१ ख ००२ नम्बरको शिवपुरी यातायातको बस कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ गोराङ्गेमा दुर्घटनामा परेको हो । 

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार दुर्घटनामा चार जना यात्रु घाइते भएका छन् । उनीहरुमध्ये तीन जनाको अवस्था सामान्य छ ।

दार्चुलाकी २२ वर्षीया सपना बोहोराको अवस्था मध्यम छ । घाइतेको उपचार लम्कीस्थित लालरत्न अस्पतालमा भइरहेको छ । बसमा ४० जना सवार रहेकामा अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update