
टीकापुर, माघ ११
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ टीकापुरको अध्यक्षमा सुनिता कुँवर चयन भएकी छन् । टीकापुरमा सम्पन्न भएको दोश्रो नगर सम्मेलनबाट कुँवर सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् ।
महिला संघको उपाध्यक्ष पार्वती वि.क., सचिव सोनम शाही, सहसचिव बनु चौधरी र कोषाध्यक्ष धिर्जा रावल चयन भएका छन् ।
संघका सदस्यमा कमला पाण्डे, रुपा नाथ, ईश्वरा रावल, लक्ष्मी कडायत, इन्द्रा वली, डल्ली विश्वकर्मा, मिरा साउँद, खगिसरा गाहमगर, कमला दर्लामीमगर, रमिता चौधरी, धर्मा वि.क., मुन्नी सुतारी, समुन्द्रा टमट्टा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा पार्वती ठकुल्ला, रिना चौधरी, जनक शाही, हरिशोभा बुढा, रिता वि.क., लंकेश्वरी ढकाल, तुल्सी चपाई र पार्वती नाथ चयन भएको नेकपा एमालेका नगर अध्यक्ष लक्ष्मण थापाले जानकारी दिएका छन् ।