टीकापुर, माघ ९
कैलालीको सदरमुकाम धनगढीबाट एक महिलासहित ४ जना लागूऔषधसहित पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नं. २ त्रिनगर भन्सार कार्यालय नजिकबाट गोदावरी नगरपालिका वडा नं. ५ का १९ वर्षीय नवीन नेपालीसहित दुई जनालाई १३ ट्याब्लेट नाईट्राभेट र ४ क्याप्सुल स्पास नामक लागूऔषधसहित पक्राउ परेका छन् ।
उनीहरुले प्रयोग गरेको सुदूरपश्चिम प्रदेश ०१०११ प ५३५१ नम्बरको मोटरसाइकलसहित दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै धनगढी उपमहानगरपालिका वडा नं. २ त्रिनगर भन्सार कार्यालय नजिकबाट धनगढी उपमहानगरपालिका वडा नं. ७ मनेहरा बस्ने २४ वर्षीय सन्दीप चौधरीलाई ८५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
यसैगरी लागूऔषध चरेस विक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका वडा नं. १० चुहाबाट ५० वर्षीया कमला रावतलाई पक्राउ गरेको छ ।
रावतले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा ७ शय ग्राम लागूऔषध चरेस फेला पारी इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।