टीकापुर, माघ ७
मातृभूमि जागरण अभियानको नेतृत्व गरिरहेका पूर्व उपप्रधानमन्त्री डाक्टर भीम रावललाई समर्थन गर्दै सुदूरपश्चिमका ५९ जनाले एमाले छाडेका छन् ।सोमबार विज्ञप्ती जारी गरेर एमालेका विभिन्न विभाग र कमिटीमा रहेका ५९ जनाले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
परित्याग गर्नेहरूमा एमालेको केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट लगायत छन् ।
उनीहरूले भीम रावललाई पार्टीको संगठित सदस्यता खोस्नुलाई अध्यक्ष केपी शर्मा ओलीको स्वेच्दछाचारी र निरंकुश निर्णय भनेका छन् ।
भीम रावलको योगदानको अवमूल्यन गर्दै पार्टीको अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण र राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धीको पक्षमा तथा भ्रष्टाचारविरूद्ध आवाज उठाएकै कारण सदस्यता ओली समूहले खाएको उनीहरूको दाबी छ।