अत्तरियाबाट चरेससहित युवक पक्राउ
टीकापुर, माघ ६
कैलालीको अत्तरियाबाट चरेससहित एक युवक फक्राउ परेका छन । जिल्लाको गोदावरी नगरपालिका वडा नं. १ बाट ७३ ग्राम ८४० मिलिग्रामसहित जगदीश भट्ट पक्राउ परेका हुन ।
बैतडीको पाटन नगरपालिका वडा नं. ८ का २९ वर्षीय भट्ट अत्तरियामा बस्दै आएका थिए । शनिवार साँझ उनी पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय, मालाखेतीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उक्त विषयमा छानबिन जारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ १७:०२
प्रतिक्रिया दिनुहोस्