Hamro Patra
गोली हानेर श्रीमतीको हत्याः श्रीमान बन्दुकसहित पक्राउ

डडेल्धुरा, माघ १
डडेल्धुरामाा श्रीमतीलाई गोली हानेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सोमबार साँझ साढे ४ बजेको समयमा जिल्लाको अमरगढी नगरपालिका वडा नं. ३ पथरोडाका ३२ वर्षीय डम्बरबहादुर थापा मगरले मादक पदार्थ सेवन गरेर आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका हुन् । 

घरायसी विवाद हुँदा आफ्नै घर आँगनमा उनले २४ वर्षीया श्रीमती अस्मिता थापा मगरलाई एकनाले भरुवा बन्दुकले छातीमा गोली हानेका थिए । त्यसपछि अस्मिताको घटनास्थलमै मृत्यु भएको खबर प्रहरीले प्राप्त गरेको थियो ।

श्रीमतीलाई गोली हानेर हत्या गरेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुकसहित भाग्दै गरेको अवस्थामा डम्बरबहादुर थापा मगरलाई नियन्त्रणमा लिएर भरुवा बन्दुकसमेत बरामद गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update