
टीकापुर, पौष २८
टीकापुर नगरपालिका वडा नं. ९ स्थित भानुभक्त आधारभूत विद्यालयका १०० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी एवं समाजसेवी चेतमान खत्रीसहितको पहलमा सो विद्यालयमा अध्ययनरत १०० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
समाजसेवी खत्रीसहित बिजय धामी, टीकापुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष लौटन चौधरी, समाजसेवी चाटर्ड एकाउन्टेन्ट दीपक बोहरा, नेपाल प्रहरीका हवल्दार देबेन्द्र साँउद, समाजसेवी हरि धामी, कृत ठकुल्ला, चन्द्र धामी, रणसिंह धामी लगायतका खक्रौलाबासीको संयुक्त सहयोगमा न्यानो कपडा वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि चेतमान खत्री रहेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजय धामी, विद्यालयका प्रधानाध्यापक बिक्रम धामी लगायतले बोलेका थिए ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष अम्मर चौधरीले स्वागत गरेको कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक गोपी धामीले गरेका थिए ।