
टीकापुर, पौष २७
सत्तारुढ दल नेपाली काँग्रेसले शुरु गरेको १०० दिने विशेष अभियान आजदेखि टीकापुर नगरपालिका वडा नं. १ मा शुरु भएको छ । अभियानको एक कार्यक्रमका बिच नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं गैरसरकारी संस्था समन्वय विभाग प्रमुख डाक्टर रणबहादुर रावलले उद्घाटन गरेका छन् ।
कार्यक्रमको उद्देश्यबारे जिल्ला प्रतिनिधि एवं महासमिति सदस्य नवराज रावलले प्रकाश पारेका थिए ।
संगठन विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका सदस्य धनबहादुर शाही, महासमिति सदस्य राजकुमार हमाल, प्रदेश सभा सदस्य ललिता सुनार, काँग्रेस नेता नृपबहादुर खड्का, क्षेत्रीय सचिव धनञ्जय रिमाल, नगर सभापति नरेशकुमार खत्री, शिक्षक नेता गणेश ओझा, तरुण दल क्षेत्र नं. १ का अध्यक्ष कल्पेश कुँवर, टीकापुर बहुमुखी क्याम्पसका स्ववियु सभापति नृपजंग थापा लगायतले बोलेका थिए ।
वडा नं. १ का सभापति चक्र बटालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा उपसभापति ज्ञानेन्द्रबहादुर शाहीले गरेका थिए भने सञ्चालन वडा सहसचिव रुपकबहादुर विष्टले गरेका थिए ।