रेबिज लागेर एक युवकको मृत्यु
धनगढी, पौष २६
कैलालीको पहाडी मोहन्याल गाउँपालिकाका एक युवकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेबिज कारण ज्यान गएको छ ।
जिल्लाको मोहन्याल गाउँपालिका घर भएका २९ वर्षीय युवकको रेबिजका कारण यही पौष २२ गते मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रादेशक स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
चार महिनाअघि ती व्यक्तिलाई भारतमा कुकुरले टोकेको र रेबिजको लक्ष्यण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।उनको उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डाक्टर खगेन्द्रबहादुर बमले बताए ।
भारतमा कुकुरले टोक्दा रेबिज विरुद्धको खोप नलगाएकाले रेबिज संक्रमण भएको बमले बताए। रेबिजबाट बच्न कुकुर, बिरालो लगायत जंगली जनावर टोकेमा रेबिज विरुद्धको खोप लगाउनुपर्ने डाक्टर बमले बताए ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ १४:५३
प्रतिक्रिया दिनुहोस्