४ लाख बढी मुल्यको अवैध सामान बरामद
टीकापुर, पौष २०
कैलालीबाट ४ लाख बढी मुल्यको अवैध सामान बरामद गरिएको छ । शुक्रवार धनगढी उपमहानगरपालिका वडा नं. २ ट्राफिक चौराह, वडा नं. ८ फुलबारी बसपार्क र टीकापुर नगरपालिका वडा नं. ७ डाँडाबोझी स्थित सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको सामान बरामद गरिएको हो ।
प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सो स्थानबाट चिनी, बिडी, सुर्ती, पानीपुरी, युरिया मल, मोवाइल ग्लास, साडी, मोटरसाइकलको ब्याट्री, किराना सामान, मोटरसाइकललगायतका सामान गरी ४ लाख १४ हजार ७५० रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१ १०:५०
प्रतिक्रिया दिनुहोस्