Hamro Patra
छुट्टाछुट्टै जीप दुर्घटना चालकसहित पाँच जनाको मृत्यु

बझाङ, पौष १९
बझाङमा बिहीवार भएका दुई वटा छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बिहीवार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको से १ ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका वडा नं. २ सुकगाडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले मृत्यु हुनेमा जीप चालक केदारस्युँ गाउँपालिका वडा नं. १ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका वडा नं. ४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीको छोरी पाँच वर्षीया आकृती धामी रहेको बताए ।

Tikapur Mohotsav 2081

दुर्घटना भएको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । चालक सहित तीन जनाको घटना स्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

त्यस्तै बिहीवार राति भएको अर्को जीप दुर्घटनामा चालकको मृत्यु भएको छ । राति करिब नौ बजे मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ जादै गरेको सु.प्र.प्र.०१००१ ज १३९८ नं.को जीप कोटदेवलमा दुर्घटना हुँदा ४२ वर्षीय चालक धर्म थापाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालक मात्रै सवार रहेको उक्त जीप सडकबाट एक सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update