Hamro Patra
सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाको मृत्यु
Tikapur Mohotsav 2081

टीकापुर, पौष १८
धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा २५ वर्षीया एक सुत्केरी महिलाको मृत्यु भएको छ । मंगलबार शल्यक्रिया मार्फत शिशु (छोरा) जन्माएकी कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ८ की २५ वर्षिया टिकेश्वरी शाहीको मृत्यु भएको हो । 

शिशुलाई जन्म दिएपछि गम्भीर बनेकी शाहीको उपचारका क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए ।

उनका अनुसार शिशु भने सकुशल छन् । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update