भन्सार छलीको १ लाख ५१ हजार बढीको सामान बरामद

टीकापुर, पौष १८
कैलालीको टीकापुर, भजनी र धनगढीका तीन वटा स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको टीकापुर नगरपालिका वडा नं. ९ पायलगाउँ, धनगढी उपमहानगरपालिका वडा नं. २ सन्तोषी टोल, वडा नं. १० सिमलघाट र घोडाघोडी नगरपालिका वडा नं. १२ नक्फोडुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ५१ हजार ६ शय ९० रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरिएको हो ।
उक्त स्थानबाट चिनी, सुर्ती, टायर, माछा, कस्मेटिक लगायतका सामान प्रहरीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१ ०९:२७
प्रतिक्रिया दिनुहोस्