लागुऔषधसहित दुई जना पक्राउ

टीकापुर, पौष १७
कैलालीको धनगढीबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नं. ३ त्रिनगर पुल नजिकबाट गोदावरी नगरपालिका वडा नं. ३ बस्ने २७ वर्षीय दिपक सुवेदी पक्राउ परेका हुन् ।
सुवेदीलाई ५९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै धनगढी उपमहानगरपालिका वडा नं. ३ मिलन चोकबाट सोही ठाउँ बस्ने २१ वर्षीय निराजन विष्ट पक्राउ परेका छन् । विष्टलाई ११० मिलिग्राम खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ ०८:३८
प्रतिक्रिया दिनुहोस्