Hamro Patra
लागूऔषधसहित दुई जना पक्राउ

धनगढी, पौष १६
कैलालीको धनगढी उपमहानगरपालिकाबाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन् । उपमहानगरपालिका वडा नं. ७ मनेहराबाट धनगढी उपमहानगरपालिका वडा नं. २ सन्तोषी टोलका २५ वर्षीय नितेश ओली ५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ परेका हुन् ।

त्यस्तै उपमहानगरपालिका वडा नं. १० घुइया घाटबाट सोही ठाउँ बस्ने १५ वर्षीय किशोर १ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । 

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिई थप अनुसन्धान गरिहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update