Hamro Patra
नर्वेबाट फर्किएका युवा पर्यटन क्षेत्रमा सकृय

कापुर, फागुन १८
नर्वेबाट फर्किएका लम्कीका युवा तपेन्द्र रावलले चिसापानीमा जिपलाईन सेवा सुरु गरेका छन । उनले सञ्चालन गरेको चिसापानी एडभेन्चर रिसोर्टले माघ महिनाबाट जिपलाईन सेवा सञ्चालनमा ल्याएको हो ।
करिव १० लाखको लागतमा सञ्चालनमा आएको जिपलाईन सेवा प्रति पर्यटकको आकर्षण बढेको छ । उनका अनुसार दैनिक २० देखी २५ जनाले जिपफ्लाईङ गर्ने गरेका छन । एक व्यक्तिले एक पटक जिपफ्लाईङ गरेको २०० रुपैयाँ तिर्नुपर्छ ।

रोजगारीका क्रममा तीनवर्ष नर्वेमा बसेका उनले आफ्नै ठाउँमा केही गर्ने उद्देश्यले फर्किएको बताए । उनले चिसापानी क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए ।
नर्वे जानु भन्दा पहिले उनले लम्की बहुमुखी क्याम्पस लगायतका विभिन्न शैक्षिक संस्थामा १० वर्ष शिक्षण पेशा समेत गरेका थिए । उनी कम्प्युटर विषयका अध्यापक हुन ।

Khadga Memorial And Janajagriti

उनी पछिल्लो समय पर्यटन प्रवद्र्धनका क्षेत्रमा सकृय रहेका छन । उनले सुविधा सम्पन्न रिसोर्ट समेत सञ्चालनमा ल्याएका छन । उनले आगामी दिनमा पर्यटक लोभ्याउने खालका विभिन्न योजना रहेको सुनाए ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update