Hamro Patra
हावाहुरीले केराखेतीमा ठूलो क्षति

टीकापुर, २५ चैत
केराका बोट बारीमै लखतरान सुतेका छन । उभिएका केराका बोट समेत काम नलाग्ने अवस्थामा छन । शनिवारको हावाहुरीले केरा खेतीमा ठूलो नोक्सान पु¥याएको छ ।


टीकापुर क्षेत्रमा झण्डै १५० हेक्टर केरा खेती हावाहुरीले क्षती पु¥याएको छ । कैलाली केरा उत्पादक तथा व्यवशायी संघका उपाध्यक्ष टेकेन्द्र धामीले ३० प्रतिशत केरा खेती नष्ट भएको बताए । उनले थप २० प्रतिशत केराका बोट समेत हावाहुरीका कारण काम नलाग्ने अवस्थामा पुगेका छन ।

Khadga Memorial And Janajagriti


उनको केराका बेर्ना राख्ने भण्डारण गृह समेत हावाहुरीले भत्काएको छ । केराका बेर्ना राख्ने भण्डारण गृह भत्किएपछि किसानलाई बेर्ना राख्ने समस्या भएको छ । ‘भण्डारण गृह नै भत्किएको छ’ उनले भने–‘केराका बेर्ना आउने समय भैसक्यो । कहाँ राख्ने भन्ने चिन्ताले सताएको छ ।’ उनले भारतबाट केराका बेर्ना ल्याएर बेच्ने गरेका छन ।


धेरै युवाहरुले जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका छन । केरा खेतीमा युवाहरुको आकर्षण बढ्दै गैरहेको छ । रानी जमरा कुलरीयाँ सिँचाई आयोनाले केरा खेतीमा अनुदान दिन थालेपछि युवाहरुको आकर्षण बढेको हो ।


कैलाली केरा उत्पादक तथा व्यवशायी संघका अध्यक्ष दिपेन्द्र चौधरीले आफ्नो मात्रै ३५ प्रतिशत केरा खेती नष्ट भएको बताए । उनले २२ विगाह क्षेत्रफलमा केरा खेती गर्दै आएका छन । उनले बीमा नगरेका कारण झन ठूलो समस्या भएको बताए । ‘केराको बीमा गर्न निकै झण्झटिलो छ’ उनले भने–‘मैले मात्रै हैन । अधिकांशले केराखेतीको बीमा गरेका छैनन् ।’


केरा किसानलाई बैंक ब्याज तिर्ने चिन्ताले सताउन थालेको छ । उनीहरु मध्ये अधिकांशले विभिन्न वित्तिय संस्थाबाट ऋण लिएर केरा खेती गर्दै आएका छन । बारीमा फल्नै लागेको केरा हावाहुरीका कारण ढलेपछि उनीहरु निकै चिन्तामा छन ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०७५  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update