Hamro Patra
माओवादी केन्द्र टीकापुरको अध्यक्ष साउँद
Tikapur Mohotsav 2081

टीकापुर, पौष १४
नेकपा माओवादी केन्द्र टीकापुर नगर कमिटीको तेश्रो नगर अधिवेशनबाट नगर अध्यक्षमा धनसिंह साउँद सर्वसम्मत चयन भएका छन् । आगामी दुई वर्षे कार्यकालका लागि साउँद सर्वसम्मत रुपमा चयन भएका हुन् । कृषिजन्य वस्तुको खेती तथा व्यापारमा संलग्न रहँदै आएका साउँदलाई नगर अधिवेशनले सर्वसम्मत चयन गरेको हो । 

नवनिर्वाचित अध्यक्ष साउँदका अनुसार उपाध्यक्षमा बिमला बटाला थापा, प्रकाश टमट्टा, र कृष्णगोपाल चौधरी सर्वसम्मत चयन भएका छन् भने सचिवमा बिन्द्रा चौधरी, सहसचिव देबबहादुर बुढाथोकी र कोषाध्यक्षमा सिर्जना शर्मा पण्डित सर्वसम्मत चयन भएका छन् । 

९ वटा वडाको प्रतिनिधित्व गर्दै नगर अधिवेशनले ४६ जना सदस्यलाई चयन गरेको छ भने ९ जना मनोनित गरिने अध्यक्ष साउँदले बताए । ५५ सदस्यीय कार्यसमिति गठन गरिएको हो । नवनिर्वाचित अध्यक्ष साउँदले माओवादी केन्द्रलाई यस क्षेत्रको पहिलो पार्टी बनाउने र नगरको विकास निर्माणमा अग्रणी भूमिका निभाउने उद्देश्य रहेको बताए ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update