करेन्ट लागेर एक युवतीको मृत्यु

कञ्चनपुर, पौष १२
कञ्चनपुरको भीमदत्त नगरपालिकामा करेन्ट लागेर कैलालीकी एक युवतीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नं. ७ खैरेनीका रामकुमार थापाको घर निर्माण गर्ने क्रममा करेन्ट लागेर लम्कीचुहा नगरपालिका वडा नं. ४ बस्ने २८ वर्षीया मनिका कठरीयाको मृत्यु भएको हो ।
सरिया उठाउने क्रममा बिजुलीको हाइटेन्सन तारमा छुन गई करेन्ट लागेर घाइते भएकी कठरियाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेशराज जोशीका अनुसार घाइते कठरियाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर हुँदै उपचारको क्रममा नवजिवन अस्पताल धनगढीमा मृत्यु भएको हो ।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१ ०९:०७
प्रतिक्रिया दिनुहोस्