Hamro Patra
हिरो मोटरसाइकलका दुई मोडेल टीकापुरमा लञ्च

टीकापुर, पौष ४
कैलालीको टीकापुरमा हिरो कम्पनीका मोटरसाइकलको आधिकारिक बिक्रेता उमा अटो मोबाइल्सले हिरो मोटोकर्पका दुई वटा नयाँ मोडलका मोटरसाइकलहरुको टीकापुर लञ्च गरेको छ । हिरो मोटोकर्पका नयाँ उत्पादन एक्स्टिम १६० आर फोरभी र एक्स्टिम १२५ आर मोटरसाइकल उमा अटो मोबाइल्सले आज एक कार्यक्रमको आयोजना गरी लञ्च गरेको छ । 

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणि सापकोटा तथा अटो मोबाइल्सका सञ्चालक वीरेन्द्र शाहले नयाँ दुई मोडलका मोटरसाइकलको अनावरण गरेर लञ्च गरेका हुन् । हिरो मोटोकर्पले हालै नेपाली बजारमा ल्याएको एक्स्टिम १६० आर फोरभी नयाँ लुक्ससहित १६३ सिसिको इञ्जिन रहेको छ ।

अटो मोबाइल्सका सञ्चालक शाहले दिएको जानकारी अनुसार यो मोटरसाइकलले ६० किलोमिटर प्रतिघण्टा ४.४१ सेकेण्डमा यात्रा गर्ने नयाँ रेकर्ड कायम गरेको बताए । उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शन रहेको यो मोटरसाइकल तिब्र गतिको मोटरसाइकल हो । 

त्यस्तै आज नै लञ्च गरिएको एक्स्टिम १२५ आर मोटरसाइकल १२५ सिसी इञ्जिन रहेको ६० किलोमिटर प्रतिघण्टा ५.९ सेकेण्डमा पुर्याउने क्षमता राख्ने सञ्चालक शाह बताउँछन् । 

हिरो कम्पनीका मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्सले हालै नेपालका विभिन्न शहरहरुमा यी दुई मोटरसाइकल लञ्च गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update