टीकापुर, पौष ४
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गतेदेखि हुने टीकापुर महोत्सव महोत्सव २०८१ को उद्घाटन संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डेले गर्ने भएका छन् ।
महोत्सवको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवको उद्घाटन संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डेले गर्ने भएका हुन् । महोत्सव सचिवालयका संयोजक सन्तोष खड्काले महोत्सवको तयारी तिब्र गतिमा भइरहेको बताउँदै उद्घाटन मन्त्रीले गर्ने तय भएको जानकारी दिए ।
‘महोत्सवका धेरै कामहरु अघि बढिसकेका छन्, टेण्ट तथा रमाइलो मेलाको काम शुरु भइसकेको छ’ संयोजक खड्काले भने ‘यस वर्ष आयोजित महोत्सवको उद्घाटन संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डेले गर्ने तय भइसकेको छ ।’
संयोजक खड्काले दिएको जानकारी यस वर्षको महोत्सवमा २ शय स्टल रहने, थारु गाउँमा चित्रकला प्रदर्शनी राखिने, कृषिका स्टलहरुलाई प्राथमिकता दिने तयारी भइरहेको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस वर्ष महोत्सवको टाइटल प्रायोजकमा टीकापुरस्थित टीकापुर ट्युसन सेन्टर ग्रुप र आधिकारिक होटलमा जिउनास होटलसँग सम्झौता भइसकेको छ । अन्य स्पोन्सरहरुसँग समेत सम्झौता हुने क्रममा रहेको संयोजक खड्काले जानकारी दिए ।
महोत्सवमा यस क्षेत्रको कला संस्कृति, भेषभुषा, खानपान लगायतको प्रवद्र्धन गर्ने उद्देश्य रहेको संघका महासचिव नजराज रिमालले बताए ।
संयोजक खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनका प्रमुख अतिथि संघका अध्यक्ष चक्रपाणि सापकोटा रहेका थिए ।