Hamro Patra
सुदूरपश्चिमका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त

टीकापुर, पौष ३
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजनीतिक सल्लाहकारमा डाक्टर जितेन्द्र उपाध्याय नियुक्त भएका छन् । मुख्यमन्त्री शाहले बुधबारदेखि लागु हुने गरी उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि २०८१ को दफा ३ को उपदफा १ ९क० बमोजिम उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त गरिएको मुख्यमन्त्री शाहले बताए । 

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ घर भएका उपाध्याय हाल क्यानडा बस्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update