
टीकापुर, मंसिर ३०
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहले प्रदेश सरकारले टीकापुर प्राविधिक विश्वविद्यालय टीकापुरमा स्थापना गर्न लागिएको बताएका छन् । टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयको स्वणर् जयन्तीको अवसरमा निर्माण गरिने स्वणर् महोत्सव स्तम्भको शिलान्यास गर्दै सो कुरा बताएका हुन् ।
‘टीकापुरको वीरेन्द्र विद्या मन्दिर र बझाङ्गको सत्यवती माध्यमिक विद्यालय सुदूरपश्चिमकै शैक्षिक धरोहर हुन्’ मुख्यमन्त्री शाहले भने ‘यही विद्यालयका कारण टीकापुरको शुरुवाती पहिचान शैक्षिक नगरीको रुपमा स्थापित भएको थियो, यस नगरीलाई शैक्षिक नगरीकै रुपमा विकास गर्न सुदूरपश्चिम प्रदेश सरकारले टीकापुर प्राविधिक विश्वविद्यालयको काम अगाडि बढाएको हो ।’
मुख्यमन्त्री शाहले अध्ययन गरेको वीरेन्द्र विद्यामन्दिरको स्वणर् जयन्तीका अवसरमा आफ्नो एक महिनाको पारिश्रमिक विद्यालयको स्वणर् महोत्सवलाई दिने घोषणा गरेका छन् ।
‘म आफै पढेको विद्यालयको स्वणर् महोत्सवका लागि मैले मेरो एक महिनाको सम्पूणर् पारिश्रमिक पारिश्रमिक दिनेछु, देश विदेशमा रहेका, पेशा व्यवसायमा रहेका, सरकारी निकायमा बसेका पूर्व विद्यार्थीले थोरथोरै सहयोग गरे विद्यालयलाई ठूलो सहयोग जुट्छ’ मुख्यमन्त्री शाहले भने ‘विद्यालयले थुप्रै मन्त्री, माननीय, सचिव, उपसचिव, सहित उच्च ओहोदाका व्यक्तित्वहरुलाई शिक्षा दिएको छ, यसबेला सबैले सहयोग गरे राज्यको सहयोग आवश्यक समेत पर्दैन ।’
मुख्यमन्त्री शाहले आफू पढेको विद्यालयले भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर विकासका लागि प्रदेश सरकारले सदैब सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले ५० वर्षअघि स्थापना भएको विद्यालयले देशका लागि धेरै कर्मचारी, नेताहरु जन्माएको र सुदूरपश्चिममा मात्र मुख्यमन्त्री, एक जना मन्त्री र दुई जना बहालवाला प्रदेश सभा सदस्य विद्यालयका पूर्व विद्यार्थी रहेको बताए ।
मन्त्री चौधरीले आफू पूर्व विद्यार्थी, खेलाडी, कलाकार हुँदै मन्त्री भएको तर विद्यालयका भौतिक संरचना जिणर्ोद्वार गर्नुपर्ने अवस्थामा पुगेकाले टीकापुरमा शैक्षिक लगानी गरी शैक्षिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्नेतर्फ ध्यान दिइरहेको बताए ।
स्नातकोत्तरसम्मको पढाइ हुने वीरेन्द्र विद्या मन्दिरको स्वणर् महोत्सव २०८१ फागुन ९ गतेदेखि ११ गतेसम्म टीकापुरमा हुने र राष्ट्रपति रामचन्द्र पौडेल महोत्सवमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
विद्यालय सार्वजनिक शैक्षिक गुठीका सदस्य सचिव लोकबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा स्वागत जगदिश्वर पण्डितले गरेका थिए भने सञ्चालन विद्यालयका प्रधानाध्यापक फणिन्द्रराज रेग्मीले गरेको थिए ।