Hamro Patra
८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

बाजुरा, मंसिर २९ 
सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको छ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. २ नडाङ सनइवाडाका हर्क सनइको छोरी ८ वर्षीया बालिका विनिता नेपालीको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो ।

बालिकाको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४८ वर्षीय नन्दे सनईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाटै नन्देको साथबाट हसिया १ थान, बन्चरो १ थान र कोदालो १ थान बरामद गरेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update