Hamro Patra
पाँच महिनामा ९ प्रतिशत बजेट मात्रै खर्च 

धनगढी, मंसिर १५
चालु आर्थिक वर्ष २०८१/८२ लागि छुट्टाएको मध्ये सुदूरपश्चिम प्रदेश सरकारले पाँच महिनामा  ९.२२ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले मंसिर १० गतेसम्म कुल विनियोजनमध्ये तीन अर्ब ९६ लाख रुपियाँ बजेट खर्च गरेको हो ।

चालु आर्थिक वर्षका लागि दोस्रो पटक सदनमा बजेट प्रस्तुत गरिएको थियो । प्रस्तुत बजेट असोज पहिलो साता मात्रै प्रदेश सभाबाट पारित भएको  थियो । प्रदेश सरकारको चालु आर्थिक वर्षको कुल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख रुपियाँ रहेको छ ।  

प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले चालुतर्फको बजेट हालसम्म एक अर्ब ७७ करोड ६४ लाख (१३.८१ प्रतिशत) खर्च भएको छ । चालुतर्फ सरकारले १२ अर्ब ८५ करोड ७४ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । 

यसैगरी, पुँजीगत बजेट (विकासको काममा खर्च हुने बजेट) एक अर्ब २३ करोड ४२ लाख (६.५७ प्रतिशत) रुपियाँ खर्च भएको छ । पुँजीगततर्फ प्रदेश सरकारले कुल १८ अर्ब ६७ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update